1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

झापाको कन्काइमा कवर्डहल बनेपछि स्थानिय युवा हर्सित



 

अच्युुत सुबेदी, झापा
कोरोनामहामारीका कारण देश बन्दाबन्दिको अवस्थामाहुँदामानिस पूmर्सदिला बने । यो बेला नेट इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग अत्याधिक बढ्यो । त्यतिमात्र हैन खेलकुदका कृयाकलापपनि यो बेलानभएका हैनन् । तर, बिद्युतिय माध्यमबाट खेलिने खेलले मानिसमाकुनै किसिमको बृत्तिबिकास हुन सकेको छैन । सानानानीबाबुहरु पनि सारिरीक रुपमा खेलिने खेल भन्दामोवाइलवा कम्प्युटरमा खेलिने खेलमाबानि परिसकेका छन् । खेलमानवजीवनको एक महत्वपूर्ण अंगहो । खेलकुदले मानव स्वास्थ्यकालागि महत्वपूर्ण भुमिका खेलेको हुन्छ भन्ने बुझेर पछिल्लो समय स्थानिय सरकारले यसको बिकासकालागिकामगरिरहेको छ । यसकै उदाहरण हो झापाको कन्काइनगरपालिकामानिर्माण भएको कवर्ड हल ।

झापाको कन्काइनगरपालिका ९ मा स्थानिययुवाको पहलमा कवर्ड हलनिर्माण भैरहेको छ । मानव स्वास्थ्यकालागि खेलकुदअनिवार्य छ र यसको बिकास गरिनुपर्छ भन्ने अभिप्रायले नगरपालिकाले हलको निर्माण सुरु गरेको हो । करिव ५२ लाखको लागतमानिर्माणको अन्तिम चरणमा पूगेको यो हल घैलाडुब्बा कवर्ड हलनिर्माण उपभोक्ता समितिले निर्माण गरिरहेको हो । बाहिर खुल्लावातावरणमा खेलकुदकाकार्यक्रमगर्दा यो पानिझरीका बेला सास्तिभोगिरहेका यहाँकायूवा कवर्ड हलबनिएसँगै खुसीभएका छन् ।स्थानिययुवागोपालकार्कीले भन्नुभयो, बाहिर खेल खेल्दाहावापानिको समस्याथियो यो हल बनिएपछि त्यसबाट छुट्कारा मिल्ने छ ।

झापामा खेलकुदको बिकासकालागिआवश्यकता महसुस गरेर स्थानिय घैलाडुब्बा युवाक्लबको पहलमा कवर्ड हलको निर्माण गरिएको हो । क्लबले प्रदेश सांसद देखि लिएर स्थानियजनप्रतिनिधि सम्मलाई घच्घच्याएर अहिले यो हलनिर्माणको अन्तिम चरणमा पुगेको छ । सासंद बिकास कोषको १२ लाख रुपैयाँ बाट निर्माण सुरु भएको काममानगरपालिका र स्थानियश्रमदानगरि करिब ५५ लाख रुपैया खर्च भैसकेको छ । निर्माणको अन्तिम चरणमा पूगेको हलमाअभैm शौचालयनिर्माण सँगै बिजुलीबत्तीकाकामबाँकि रहेको छ । जसकालागि स्थानियतहले पहलगरिदिएदुइमहिनाभित्रमै खेलकुदकाकार्यक्रम सुरु हुने अध्यक्ष घैलाडुब्बा कवर्ड हलनिर्माण उपभोक्ता समितिकाअध्यक्षगोबिन्दउप्रेतिले बताउनुभयो ।

हलनिर्माणका लागि स्थानियश्री आदर्श बिद्यामन्दिर प्राबिधिकमाध्यमिकबिद्यालयले जग्गाउपलब्ध गराएको छ । ८० पूmट बाइ ४० पूmट क्षेत्रफलमा फैलिएको हल र आवश्यक सौचालय, धारा निर्माणका लागिबिद्यालयव्यवस्थापन समितिले जग्गाउपलब्ध गराएको हो । बाहिरी खेलकुदकागतिबिधि सँगै बिद्यालयकाआन्तरिक खेल र कार्यक्रम को सहजताकालागिजग्गानिशुल्कदिएको प्रधानअध्यापकधर्मानन्दनिरौलाले बताउनुभयो ।

स्थानीय स्तरबाटै विभिन्न खेलकुदकागतिविधिलाई चलायमानबनाउन र स्थानीयतहहरुले खेलकुदकागतिवधिगर्नका लागिभौतिकपूर्वाधार निर्माणमा कन्काइनगरपालिकाले जोड दिएको हो । खेलकुदकालागि सुविधा समपन्न कवर्ड हलनिर्माणले कन्काइनगरपालिकामात्रनभइजिल्लाहुँदै सिंगो देशलाई नै फाइदापुग्ने नगरको बिश्वास छ । खेलप्रेमीमहानुभावकालागि यो कवर्डहलअत्यन्तउपयोगिहुने कन्काइनगरपालिकाकानगरप्रमुखराजेन्द्र पोखरेलले बताउनुभयो ।

शारिरिक व्यायम मान्छेका लागिअनिवार्य सर्तका रुपमाजोडिनु पर्दछ । खेलकुद क्षेत्रको विकासले सामाजिकएकता र सम्मृद्धिको आधारशिलातयार पार्ने हुँदा राज्यले खेलकुदविकासकालागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक देखिन्छ । खेलकुदको माध्यमबाट विश्वमाजोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब राज्यत्यसतर्फ गम्भीर बन्नु नै पर्दछ । हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ । नियमित खेल खेल्नु मनोवैज्ञानिक कौशलतामायसले निखार ल्याउछ । नेपालको हरेक भुभागमा खेलिने खेल फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल बक्सिङ, कराँते आदि खेलहरु मानव स्वास्थ्यसँगप्रत्यक्षजोडिएका मात्र हैन, पहिचान र समृद्धिसँग जोडिएका छन् । तसर्थ यसको बिकासमा सम्पुर्ण स्थानियतहले योजना नै बनाएर कामगर्नु पर्ने देखिएको छ ।

Comment