अच्युत सुबेदी, झापा
झापाको बिर्तामोड नगरपालिका भित्रको फोहोर उठाउने कार्य शुरु भएको छ । फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको निराकार सरसफाई सेवाप्रा.लि. ले कामशुरु गरेको हो । फोहोर संकलनकालागि नगरका विभिन्न वडामा तालिका बनाएर दैनिक ४ वटा ट्याक्टर र २५ जनाजनशक्ति परिचालन गरीएको निराकार सरसफाई सेवाप्रा.लि का फिल्ड मेनेजर सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
नगरपालिकाले लामो समय सम्मआपैm फोहोरको समस्या समाधानगर्दे आएको थियो । तर, त्यो सम्भवनहुने दखेपछि नगरले फोहोर व्यवस्थापनको जिम्मानिराकार सरसफाई सेवाप्रा.लि.लाई दिएको थियो । नगरको मुख्य समस्याको रुपमा रहेको फोहोरको समस्या समाधानगर्न आपूmहरु पनि सक्रियभएर लागेको बिर्तामोड नगरपालिका ५का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले जानकारी दिनुभयो ।
३ वर्षकालागि काठमाडौंको निराकार सरसफाइ सेवाप्रालिले फोहोरमैला व्यवस्थापनको ठेक्कापाएको हो । तत्कालकालागि फोहोरमैला डोमलाल रंगशालाछेउको गहिरो भाग माव्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ । लामो समय सम्मका लागि भने फोहोर व्यवस्थापनका ागि अर्जुनधारा नगरपालिकासँग सम्झौताको तयारीमा नगरपालिका रहेको बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
कम्पनीले फोहोर व्यवस्थापन बापत बजार क्षेत्रमा सरसफाइ सेवाशुल्क उठाउनेछ । नगरपालिका र कम्पनी बीचको सम्झौता अनुरूप शुल्कनिर्धारण गरिएको छ । यसका लागि कम्पनीले नगरलाई १० लाख रुपैयाँ धरौटीसमेत बुझाएको छ । धेरै दिन देखि फोहोर उठाउन नसक्दा बिर्तामोड बजार क्षेत्र दुर्गन्धित बन्दै गएको थियो । तर निराकार सरसफाई सेवाप्रा.लि. ले व्यवस्थापनको जिम्मेवारी लिएपछि यसको समस्या समाधान हुनेमा विश्वस्त रहेको नगरपालिकाले जनाएको छ । खुल्ला प्रतिस्पर्धाबाट छनोटमा परेको यस कम्पनी र बिर्तामोड नगरपालिका विचगत जेठ ३१ गते ३ वर्षका लागि संझौताभएको हो । नगरमा रहेको ट्रयाक्टर र मजदुरसमेत कम्पनीको जिम्मामा छन् । सोबापत ट्रयाक्टरको भाडा, मजदुरको सुविधा कम्पनीले नै बेहोर्नेछ । सरसफाइमा नगरपालिकाले अतिरिक्तकुनै पनि रकम कम्पनीलाई नदिने सम्झौतामा उल्लेख छ ।