1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

मजदुरहरुलाई स्वास्थ्य सामग्री वितरण



 

ट्रेड युनियन महासंघ नेपाल ( टुकोन) झापा शाखाले विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मजदुरहरुलाई ५० थान सेनिटाइजर,५० थान फेससिल्ड ,एक हजार थान मास्क, एक सय पत्ता सिटामोल वितरण गरिएको हो । महासंघहरुको छाता संगठन जेटीयूसीसीले देशभरिका श्रमिकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै ती स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । टुकोनको झापा जिल्ला कार्यालयमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता टुकोन जिल्ला अध्यक्ष श्रीप्रसाद चौधरीले गरेका थिए । टुकोन प्रदेश एक अध्यक्ष हर्क थुग्ङिमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ,राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेल र युवक संगठनका महेन्द्र लिङ्देनको आतिथ्यता रहेको थियो । कार्यक्रममा एक नं. प्रदेश सचिव भद्रकुमार लिम्बुले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने टुकोन जिल्ला सचिव राजमान तामाङले संचालन गरेका थिए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment