1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

शनिवारदेखि झापा जिल्ला नै सिल गर्ने



झापा

दश स्थानीय सिल गरिएको झापा आगामी शनिवारदेखि पूर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोनाको पहिलो चरण कै जस्तो कडाईका साथ सिल गरिनेछ ।

हाल झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सिल गरिएको छ । बैठक चलिहरेकाले थप अपडेट केहिबेरमा जानकारी गराइने बताइएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment