1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

धरानमा भदौ ४ गतेदेखि कडा लकडाउन



धरान उपमहानगरपालिकामा भदौ ४ गते देखी १३ गतेसम्म पूर्ण लकडाउन गरिने भएको छ । मंगलबार बिहान बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णयल गरेको धरान १५ का वडा अध्यक्ष नरेश इवारमले जानकारी गराएका छन् ।

सोमबार उपमहानरपालिकामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित सर्वदलिय सर्वपक्षिय बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको इवारमले बताएका छन् । उनले भने, ’कार्यपालिका बैठक सकिएको छ, १० दिन पूर्ण लगडाउन हुने भयो । दुध र औषधीको बाहेक सबै बन्द गर्ने निर्णय भएको छ । लकडाउन कडाइका साथ पालना गर्ने कुरा भएको छ ।’

नले सबै पक्षबाट लकडाउन गर्नुपर्छ भन्ने भनाइ आइरहेको र संक्रमणको दर पनि निक्नै उच्च रहेको भन्ने जानकारी आएको बताएका छन् ।

टाइम्स अफ प्रदेशबाट

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment