1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २८ सनिबार

पवनदीपलाई ‘इन्डियन आइडल’को १२ औं सिजनको उपाधि



भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जितेका छन्।

राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जितेका हुन् । उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ।

अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् । उनीहरु आइतबार राति भएको ग्रान्ड फिनालेमा विजेता घोषित भएका थिए।

१२ घण्टासम्म चलेको ग्रान्ड फिनालेमा राती अबेर विजेता घोषणा गरिएको थियो। २४ वर्षे पवनदीप गायनका साथै वाद्यवादनमा समेत पोख्त छन् ।

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर