अष्ट्रेलियाकी पौडी खेलाडी आरियान टिमेस महिला ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी छन्। उनले ३ मिनेट ५६.६९ सेकेण्डमा दुरी पार गरेकी हुन्। जुन इतिहासकै दोस्रो चाँडो समय हो।
विश्व कीर्तिमानसहित रियो ओलम्पिकको स्वर्ण पदक विजेता अमेरिकाकी काथलीन लेडेकीले रजत पदक जितिन्। उनले ३ मिनेट ५७।३६ सेकेण्डमा दुरी पार गरिन्। त्यस्तै चीनकी ली बिङजीले काश्य पदक जितिन्।