1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

आत्महत्याका लागि सप्तकोशीमा हामफाल्ने ६ जनाको उद्धार



सुनसरी ।

सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ। ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरू सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हाम फालेका उनीहरूलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन्।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। टाइम्स अफ प्रदेशबाट

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment