1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

कार पाउँछु भनेर त सोचेको पनि थिइन – उज्वल



बिनोद उप्रेती, झापा
झापा बुद्दशान्ति ६ का उज्वल अधिकारीले अहिले नै कार चडेर हिड्ने सोचेका त के सपनामा समेत देखेका थिएनन् । भाग्यले साथ दिएपछि सामान्य कारोबारमा पनि ठूलो धनराशी हात लाग्दो रहेछ भन्ने उदाहरण अहिले उनी भएका छन् ।

विद्युतीय भुक्तानी प्लाटफर्म ’फोन–पे’ को नेटवर्क मार्पmत अधिकारीले करिब ३० लाख मुल्य बराबरको कार प्राप्त गरेका छन् । नबिल बैंकमा रहेको खाताबाट उनले कारोबार गर्दा यति ठूलो उपहार परेको बताएका छन् ।

छोटो समयको फोन–पे को कारोबारबाट नै उनले ह्युन्डाइ कम्पनिको ग्राण्ड आइ टेन कार प्राप्त गरेका हुन् । सामान्य परिवारका उनलाई यो प्राप्त गरेको उपहारले सहयोग मिल्ने उनले बताएका छन् ।

[email protected]

Comment