1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

आन्तरिक राजश्व विभागको नक्कली स्टीकर सहित २ जना पक्राउ



बिनोद उप्रेती, झापा –
रुपन्देहि प्रहरीले आन्तरिक राजश्व विभागको नक्कली स्टीकर सहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट डण्डाले करोडौं रुपैयाँको राजश्व छलि गर्न सकिने २ लाख ४० हजार वटा स्टीकर समेत बरामद गरेको छ ।

सिद्धार्थनगर नगरपालिका–३, दरखसवास्थित एक घरबाट उक्त परिमाणको नक्कली स्टीकर बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद आर्यालले जानकारी दिए । विशेष सूचनाको आधारमा उक्त घरमा छापा हानेर घर धनि २३ वर्षीय सहिद अन्सारी र स्थानिय २४ वर्षीय अमानत अलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका स्टीकर र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण हेटक्वाटर, रुपन्देहीका प्रमुख एसपी राजेश उप्रेतीलेबताए ।

ती स्टीकरबाट अन्तशुल्क, भ्याट र आयकर गरि करिब २ करोड ३५ लाख ६३ हजार रुपैयाँ भन्दा धेरै राजश्व छलि हुन सक्ने देखिएको उनले बताए ।

[email protected]

 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment