1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

बिर्तामोडमा सवारी दुर्घटना, दुइजना घाइते



झापा –
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड स्थित भगवानचोकमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् ।


पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २८९४ नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे २ प १२९५ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक गौरादह ४ का ३० बर्षीय खेमराज घिमिरे र पछाडि सवार ५० बर्षीया कृष्णमाया दाहाल घाईते भएका छन् ।

घाईते दुवैको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये कृष्णमायाको अवस्था गम्भिर रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनको टाउको र अनुहारमा चोट लागेको छ । बस र चालकलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएकोछ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment