झापा
कोभिडको वर्तमान अबस्थामा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशतबढी अनलाइन कक्षाको शुल्क नलिन विद्यार्थी संगठनहरुले झापाका विद्यालयहरुलाई चेतावनी दिएका छन् । यस बिषम परिस्थितिमा विद्यार्थीहरुको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बहानामा झापाका कतिपय सामुदायिक एवं संस्थागत विद्यालय तथा क्याम्पसहरुले अभिभावकहरुबाट चर्को शुल्क असुलिरहेका छन् । आमविद्यार्थी र अभिभावकबाट आएको त्यस गुनासोप्रति गंभीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारीले त्यस्तो चेतावनी दिएका हुन् ।
नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेती र अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल सुवेदीले एक प्रेस विज्ञप्ति जारी गरी आफूहरुको आग्रहलाई बेवास्ता गर्ने प्रयत्न भएमा कठोर आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१