1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

झापाको अर्जुनधारास्थित चारआली–शनिश्चरे सडक खण्ड सुचारु



झापा –

अविरल वर्षाका कारण झापाको अर्जुनधारा–११ स्थित चारआली–शनिश्चरे सडक खण्डमा पर्ने कल्भर्ट भत्किएको २४ घण्टामा निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानासहितको टोलीले अनुगमन गरेको २४ घण्टा नवित्तै कल्भर्ट पंखा निर्माण भएको हो । बर्षाका कारण कल्भर्टको दुवैसाइडका पंखा भत्किएपछि सडक अवरुद्ध भएको थियो ।

नगरको टोलीले स्थानीय सरकारको साधनस्रोत प्रयोग गरेर सहजरुपमा सवारी साधन सञ्चालन हुने वातावरण सिर्जना गरेको छ । कल्भर्टको दुवै साइडमा वाङ्गिएका पंखालाई मिलाई उक्त स्थानमा गिटीबालुवा लगाएर निर्माण गरिएको नगर प्रमुख रानाले जानकारी दिए । अहिले सवारी साधन सञ्चालनमा कुनै समस्या नभएको बताइएको छ ।

 शब्दपत्रअन्लाइनबाट

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment