1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

तालिबानद्वारा काबुलमा एक पत्रकारको हत्या



झापा –

तालिबानले काबुलमा एक पत्रकारको हत्या गरेको छ । टोलो न्युजका पत्रकार जियार खानलाई तालिबानी लडाकुहरुले हत्या गरेका हुन् । उनलाई कुटेर मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यी पत्रकार अफगानिस्तानमा गरिवीबारे रिपोर्टिङ गर्दै थिए । केही समयअघि भारतीय पत्रकार दानिश सिद्दिकीलाई तालिबानले गोली हानेर हत्या गरेको थियो ।

काबुल एयरपोर्टमा हमलाको खतरा

काबुल विमानस्थलमा अहिले निकै चिन्ताजनक अवस्था छ । यहाँ अफगानिस्तान छाड्न चाहनेहरुको भिड छ । यसैबीच अमेरिका, अष्ट्रेलिया र बेलायतले विमानस्थलमा हमला हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई काबुल विमानस्थल नजान आग्रह गरेका छन् । विमानस्थल बाहिर बसेका व्यक्तिहरुलाई पनि त्यहाँबाट हट्न निर्देशन दिएका छन् । काबुल विमानस्थलको अगाडिको गेट, पूर्वी गेट वा उत्तरी गेटमा रहेकाहरुलाई त्यहाँबाट तत्काल हट्न अमेरिकी दूतावासले निर्देशन दिएको छ ।

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment