1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

कमेडी च्याम्पियनको आजको अंकमा पूर्व युवराज पारस शाहको प्रस्तुती



यदु गौतम, झापा –
कमेडी च्याम्पियन सिजन २ नेपालकै पहिलो कमेडी रियालिटी सो हो । दर्शकले अत्यन्तै रुचाएको यो सोमा प्राय दर्शक ताप्लेजुङका भारतमणी पौडेलको प्रस्तुती पर्खिरहेका हुन्छन् । सो को ३२ औँ एपिसोड सकिएको छ ।

प्रत्येक शुक्रबार प्रशारण हुने सोको आजको अंकमा कमेडीयनको रुपमा पूर्व युवराज पारस शाहको क्यारिकेचरको तयारीमा पौडेल रहेका छन् । यस अघिको अंकमा पनि पौडेलले शाहको कमेडी गरेका थिए ।

त्यहि कमेडीलाई पनि अत्यन्तै रुचाएका दर्शकले आजको सो त झन रुचाउने पक्का जस्तै देखिएको छ । पूर्वबाट प्रतिनिधित्व गरेका पौडेलेले यस अघि पूर्वराजा ज्ञानेन्द्र शाह, नेताहरु गोकुल बास्कोटा, राजन्द्र हमतो, योगेस भट्टराई लगायत अन्य धेरै व्यक्तिको क्यारीकेचर गरिसकेका छन् ।

यो पटकको कमेडीमा भने उनले शाहको क्यारीकेचर मात्र हैन भेसभूसा समेत दुरुस्त देखाउने प्रयास गरेका छन् ।

[email protected]

Comment