1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ पुष १ मंगलबार

प्रदेश १ : २ जना मन्त्रीले लिए सपथ



विराटनगर

प्रदेश १ मा शुक्रबार २ जना मन्त्रीले पदको सपथ लिएका छन्। प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले माधवकुमार नेपालको साथ छाडेका २ जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन्। ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकासमन्त्री र तेह्रथुमका लक्ष्मण तिवारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन्। आजै ४ जना मन्त्री थपिने चर्चा भए पनि नाम टुंगो नलागेकाले २ जना मात्र नियुक्त गरिएको बताइएको छ। नाम तय गर्न छलफल भइरहेको जानकारी मुख्यमन्त्रीका सहयोगी अनिलराज धामीले दिए। नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बिहीबार सपथ लिए पनि मन्त्री नियुक्त गर्न सकेका थिएनन्। नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा सपथ गराइएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर