1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

कनकाई क्षेत्रका बंगाली समुदायले आफ्नो विशेष महत्वको पर्व मनाउँदै



कनकाई

कनकाई नगर क्षेत्रका बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथीलाई विशेष पर्वका रुपमा मनाउँदैछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथी विहिबारदेखी षष्ठी तिथी शनिवार समापन हुने यो पर्वको  विशेष महत्व रहेको बताइएको छ ।

पुजाअर्चनाका साथ भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठी तिथी गरी तीन दिनसम्म मनाइँने यो पर्वलाई बंगाली समुदायले विशेष महत्वको पर्वका रुपमा लिने गरेको यस समुदायका स्थानीय अगुवा प्रल्हाद शाह बताउँनुहुन्छ । यो पर्वमा माता मनसादेवीको विशेष पूजा अर्चना हुने गरेको शाहको बुझाई छ ।

शुक्रबार एक समारोहका विच कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले बंगाली समुदायले मनाउँने विशेष पर्वको अवसरमा आयोजित कलश यात्राको रिबन काटेर विधिवत रुपमा उद्घाटन गर्नुभयो । सुरुङ्गास्थित कालिस्थान टोलबाट सुरु भएको कलश यात्राबाट कनकाई माईमा पुगेर ल्याएको जल सबैले मनसादेवीको मन्दिरमा चढाएका थिए ।

विशेष महत्वका साथ मनसादेवीको पुजाअर्चनाबाट दुःख, कष्ट सबै नास भएर जाने र मानिसका सबै मनोकामना पूर्ण हुने विश्वास गरिएको छ । भदौ महिनाको पहिलो पञ्चमी शुक्रवारका दिन हुने मनसादेवीको यो विशेष पूजाअर्चनाकालागि एक दिन अघि चतुर्थीका दिनदेखि नै ब्रत बस्ने चलन रहेको बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पंकज मण्डलले बताउँनुभएको छ ।

यो विशेष पर्वमा बंगाली समुदायका महिला साथै पुरुषहरुले समेत ब्रत बस्ने र मनसादेवीको विशेष पूजाअर्चना गरी रातभरी जाग्रम बस्ने चलन रहेको बंगाली समाज कनकाईका अध्यक्ष मण्डलले जानकारी दिनुभएको छ । दिनभरी ब्रत बसेका ब्रतालुहरुले चामलको पिठोबाट घिउमा पकाइएको विशेष परिकार (घाटरा पिठा) साथै फलफूलहरु प्रसादको रुपमा खाने चलन रहेको बताइएको छ ।

षष्टीका दिन बिहान बली पूजा गरेर चेलीबेटी, भान्जाभान्जी, आफन्त, साथीभाइलाई समेत बोलाएर प्रसाद खुवाउँने परम्परा रहेको बंगाली समाज सेवा समिति कनकाईका सचिव रविन मण्डलले बताउँनुभएको छ । सोही दिन बेलुका मनसादेवीको मुर्ति नदिमा लगेर सेलाएपछि मात्र यो पर्व समाप्त हुने गरेको बताइन्छ ।

आज भन्दा २२ वर्ष अघि नै आफ्नो समुदायको संस्कृति साथै भेषभूसाको संरक्षण गर्ने उद्येश्यले बंगाली समुदाय संगठित भएपनि निष्क्रिय रुपमा रहेको समितिलाई पुनर्गठन गर्दै युवाहरुको सक्रियतामा भर्खरै युवा व्यवसायी पंकज मण्डलको संयोजकत्वमा कनकाईमा ११ सदसस्यीय नयाँ समिति गठन भई सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण गतिविधी गर्दै आएको समितिका अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।

 

Comment