मोरङ – लागू औषध मुद्धाका फरार प्रतिबादी गाँजा सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागू औषध गाँजा ४ केजी ३०० ग्राम र नगद रु ५० हजार सहित पक्राउ गरेको हो ।
माझी सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागु औषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना रु.३ हजार ठहर भएका फरार प्रतिवादी हुन । उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप लिई अनुसन्धान अगाडी बढाएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१