1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

घाग्रा खोलामा आएको वाढीले अर्जुनधारा–५ पाण्डपपुरमा कटान शुरु



झापा –

तीनदेखि लगातार भएको अविरल बर्षाका कारण देशभरका विभिन्न स्थानमा वाढी, पैरो, डुवान, वाढी पैरोका कारण मृत्यु, वेपत्ता भइरहेको बेला झापामा भने यो समाचार तयार पार्दासम्म त्यस्तो कुनै अप्रिय घटना नभएको जिल्ला विपत व्यवस्थापन समिति झापाले जनाएको छ ।

खोला तथा नदि वढिरहेको अवस्था भएकाले जिल्ला विपत व्यवस्थापन समितिले झापाका एकसय ३१ वटा वडाको रिपोटिङका लागि व्यक्तिहरु खटाएको विपत ब्यावस्थापन समितिका सदस्य लोकराज ढकालले जानकारी दिए ।

‘ कुनैपनि त्यस्तो समस्या भएमा विपत व्यवस्थापन समितिले सुरक्षा निकाय, स्थानीय निकायसँग समन्वय गर्न तयार छ’ सदस्य ढकालले भने ‘तर अहिलेसम्म नर्मल लेभल नै देखिएको छ ।’ सचेतना लेभल र डेन्जर लेभलका लागि विपत व्यवस्थापन समिति तयार अवस्थामा रहेको ढकालले बताए । उनले वढि जोखिम देखिएका स्थानमा तथ्याङ्क संकलन भइरहेको समेत बताए । उनले शनिवार विहान ५ बजेसम्म त्यस्तो कुनै घटना भएको जानकारी नआएको बताउँदै अर्जुनधारा–५ स्थित पाण्डपपुरमा खोलाको जोखिम रहेको बताए ।

घाग्रा खोलामा आएको वाढीले अर्जुनधारा–५ मा कटान शुरु गरेको रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइटेलले जानकारी दिए । कटान वढ्दै गए उक्त क्षेत्रमा ठूलो क्षति हुने स्थानीयले अनुमान लगाएका उनले बताए । स्थानीय देवराज बुढाथोकीको घरछेउमा कटान शुरु भएको बताइएको छ । शब्दपत्र अन्लाइनबाट

[email protected]

Comment