1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ५ शुकर्बार

मादक पदार्थ सेवन गरेर पुलबाट हाम फालेका एक युवा खोलाले बगाएर बेपत्ता



विराटनगर – मापसे (मादक पदार्थ सेवन) गरेर पुलबाट हाम फालेका मोरङमा एक युवालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । रंगेली नगरपालिका–७ का २९ वर्षीय सुरेश मण्डलले शनिबार दिउँसो २ बजेतिर बक्राहा खोलामा हामफालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुलबाट हाम फाल्नसाथ खोलाले बगाएर मण्डललाई बेपत्ता बनाएको हो ।

स्थानीय बासिन्दाको सहयोगमा खोजी जारी राखिए पनि फेला पार्न नसकिएको श्रेष्ठले बताए । उनका अनुसार खोलामा हाम फाल्नुअघि मण्डलले मापसे गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment