1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं कांग्रेस प्रवक्ता शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र



मेचीनगर- मेचीनगरका अगुवा व्यवसायीहरुले पूर्वको मुख्य काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्रीलाई पुग्ने गरी ज्ञापन पत्र बुझाएका छन् । काँकरभिट्टा नाका सहजिकरण तथा व्यवस्थापन समितिले आज प्रवक्ता शर्मालाई धुलाबारी स्थित उनको घरैमा भेटेर प्रधानमन्त्रीलाई पुग्ने गरी ज्ञापन पत्र बुझाएका हुन् ।

शर्माले उक्त ज्ञापन पत्र तत्कालै प्रधानमन्त्री कार्यालय पुग्ने गरी वाट्सपमार्फत पठाएको समितिका संयोजक एवम् होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले बताए । उहाँले फोनमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई नाका सहज गर्न समेत सुझाव दिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

काँकरभिट्टाबाट नेपाल आउन चाहाने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाईदिन माग गदैं व्यवसायीले प्रवक्ता शर्मालाई पज्ञापन पत्र बुझाएका थिए । कोरोनाका कारण लामो समयदेखि लकडाउनले बन्द भएको नाकाका कारण नेपालीले आर्थिक क्षेत्रले ठूलो नोक्सानी खेप्दै आएको भन्दैं उद्योगी व्यवसायीले कोरोनासँगै क्रमश हाम्रो दैनिकीलाई सहजतातर्फ अग्रसर गराउनेतर्फ अघि बढाउन प्रवक्ता शर्मालाई ध्यानआकर्षण गराएका थिए ।

होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, संघका मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, पुर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यापार संघका मेचीनगर अध्यक्ष भुपाल शिवाकोटी, नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, झापा ट्राभल संघका अध्यक्ष निरबहुदर कार्की (नेत्र), साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष ज्ञानेन्द्र घिमिरे, पुर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, सुनौलो यातायात प्रालिका अध्यक्ष भुपाल ओली, महेन्द् राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष बिष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष खडानन्द भण्डारी, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष हरि निरौला, नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष विजय सुवेदी, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालिका अध्यक्ष गणेश चौहान, नेपाल यातायात मजदुर संघका अध्यक्ष बिशाल तामाङ, राष्ट्रिय उद्योग व्यापार महासंघ मेचीनगर अध्यक्ष रामबहादुर तामाङ र काँकरभिट्टा नाका सहजिकरण तथा व्यवस्थापन समितिका सचिव हस्तकुमार तामाङले प्रवक्ता शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।

Comment