1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ पुष १ मंगलबार

कोशी ब्यारेजका ३५ वटा ढोका खोलियो



झापा:

सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड बहाव पुगेको छ।

नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो। पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ। पूर्वका अधिकांश भेगमा वर्षा जारीरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। चतरामारहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ।

यसैबीच, निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै नै उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमा आएको उतारचढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए। उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। नदीको वहाव बढेसँगै प्रजिअ सहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर