1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

गरामनीमा दधिकाद नहुने (भिडियो सहित)



अच्युत सुबेदी, झापा – 
आज कृष्ण अष्टमी । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

गरामनीको कृष्ण मन्दिरमा भएन व्यापक पूजा
कोरोना भाइसका कारण झापाको गरामनी लगायत कृष्ण मन्दिरमा गरिने बिशेष पूजा यो बर्ष स्थगित गरिएको छ । गाउँगाउँमा पनि संक्रमणको जोखिम बढिरहेकाले यो वर्ष पनि अघिल्लो बर्ष जस्तै नियमित पूजा बाहेकका सबै कार्यक्रम स्थगित गरिएको गरामनी बजार व्यवस्थापन समिती अध्यक्ष किशोर भट्टराइले जानकारी दिनुभयो ।

 

गरामनीको दधिकाद पनि स्थगित
गरामनी बजार लगायत तराइका जिल्लाहरुमा बर्षेनी मनाउदै आइएको दधिकाद पर्व पनि यस वर्ष स्थगित गरिएको छ । दधिकादा पर्व नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिबासी समुदाय राजवंशी, गन्गाई, ताजपुरिया जातिले मनाउदै आएको धार्मिक एवम् साँस्कृतिक पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिबासी समुदायले कृष्ण जन्माष्टमीको भोलीपल्ट दधिकाद पर्व मनाउँछन ।

दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेल्ने बानी भएको हुँदा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ । तर यो वर्ष भने गरामनीमा यो खेल नखेलाइने भट्टराइले बताउनुभयो ।

[email protected]

Comment