1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

झापामा एक महिलाको शव फेला



झापा –

झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा एक महिलाको शव आज बिहान फेला परेको छ । शनिबारसाँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि निस्किएकी सावित्रा खड्का विश्वकर्माको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको हो । अर्जुनधाराकै खुदुनाबारी घर भएका विश्वकर्मा परिवार लामो समयदेखि अर्जुनधारा ६ मा बसोबास गर्दै आएको स्थानीयले बताएका छन् । उनको शव आज बिहान ८ बजे फेला परेको थियो ।

शनिबार साँझ सामान्य घर झगडा भएपछि उनी बाहिर निस्किएको उनका श्रीमान नारायण विश्वकर्माले बताएका छन् । घरबाट निस्केपछि आफूले खोजी गर्दा पनि फेला नपारेको श्रीमान नारायणले बताएका छन् । स्थानीय सुजन च्याउ उद्योग नजिकै हातमा पैसा बोकेको अवस्थामा अन्दाजी ४० वर्षीया सावित्राको शव फेला परेको हो । घटनाबारे प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मृतकका श्रीमान नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवको पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।न्युज संजालबाट

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment