
झापा-
अज्ञात समूहले भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गरेका छन् । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगत भद्रपुर ९ स्थित देवकोटा चोकमा निर्मित अर्धकदको महाकवि लक्ष्मीप्रसाद देवकोटा सालिक गए राति तोडफोड गरिएको ९ नम्बर वडा सदस्य नूतन पौडेलले जानकारी दिए । कसले तोडफोड गरेको भन्ने खुलेको छैन । तोडफोडबाट अर्धकदको सालिक भत्काइएको उनले बताए । राष्ट्रका अनमोल सम्पत्तिहरूको संरक्षण गर्न सकिँदैन भने यसरी नष्ट गर्ने अधिकार पनि कसैलाई छैन, उनले भने । २०५१ सालमा सो चोकका नामकरण गर्दै महाकवि देवकोटाको अर्धकद सालिक राखिएको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१