अच्युत सुबेदी, झापा –
आज झापाको बिर्तामोडमा युवाहरुका लागि अवसर र चुनौती बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । प्रकृति फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा ५० भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो ।
फाउण्डेसनका अध्यक्ष मनोज ताम्लिको अध्यक्षता तथा प्रदेश सांसद बसन्त बानियाको प्रमुख आथिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेस पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
देशको कुल जनसंख्याको करिब ५५ प्रतिशत भन्दा बढि हिस्सा ओगटेका २५ वर्ष मुनिका युवाहरु देशको कर्णधार मात्र नभएर वर्तमानका साझेदार समेत रहेको बताउँदै पोखरेलले युवाहरुको उर्जा शक्ति र शिर्जनशीलतालाई देश बिकासमा कमै मात्र प्रयोग भएको कार्यक्रममा बताउनुभयो ।
बिदेशमा पनि करिब ६० लाख जनशक्ति युवा रहेको र दैनिक औसतमा १५ सय युवा बिदेशिने गरेको कार्यपत्रमा प्रस्तुत गरिएको छ । देशको आर्थिक बिकासमा बिदेशिने युवाको उल्लेख्य भुमिका भएपनि तिनै युवालाई अवसर, निर्णय प्रकृया, सहभागिता, नेतृत्व आदि क्षेत्रबाट टाडा राखिएको कार्यपत्रमा उल्लेख गउरएको छ ।
पोखरेलले नेट–इन्टरनेटको पहुँच सबैको हात–हातमा भएपनि युवा पुस्ताले त्यसको सहि सदुपयोग गर्न नसकेको प्रति दुख व्यक्त गर्नुभयो । उहाँले व्यवहारिक ज्ञान र दक्षता बृद्विमा लाग्न युवाहरुलाई उत्प्रेरित समेत गर्नुभयो ।
कार्यक्रममा प्रकृति फाउण्डेसनका संस्थापक अध्यक्ष टिकाराम मग्रान्तीले प्रकृतिसँगै युवालाई जोडेर लिएर जान यो संस्था गठन भएको बताउँदै युवाहरु अब जागरुक हुन आवश्यक रहेको बताउनुभयो । अब युवालाई उत्पादनसँग जोडेर लानु पर्ने र नेतृत्व तहसम्म पूर्याउन सहयोग गर्नुपर्ने समेत बताउनुभयो ।
हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिब अर्जुन मैनाली, राष्ट्रिय समाचार समिती सदस्य माधव बिद्रोही, युवा नेता शिव ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो ।