1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

कांग्रेस झापाको वडा अधिवेशनमा सर्वसम्मतिको प्रयास, छलफल जारी



झापा-

झापा जिल्लामा कांग्रेसको वडा अधिवेशन सुरु हुन सकेको छैन । निर्वाचन अधिकृत शुवोधबाबु चिलवालका अनुसार आज सबै वडामा गएका प्रतिनिधिहरुले सबैसँग छलफल गरी सर्वसम्मतिको प्रयास गर्नेछन् । “हिजो १३१ वडाका प्रतिनिधि बोेलाएर ट्रेनिङ गरेर पठाइयौं,” निर्वाचन अधिकृत चिलवालले भने, “आज सबैलाई समेटेर मिटिङ गर्दै हुनुुहन्छ । सकेसम्म सर्वसम्मतिको प्रयास गर्नुहुन्छ । नसके भोलिदेखि निर्वाचनको प्रक्रिया प्रारम्भ हुने छ ।” उनले शनिबार विहान ११ बजे १३१ वटै वडामा, उमेदवारी दर्ता गर्ने तयारी रहेको भन्दै १२ देखि २ बजेसम्म दाबी विरोध दर्ता गर्ने, उमेदवारको नामावली प्रकाशन गर्ने ३ बजे गर्ने र उमेदवारी पिर्ताका लागि ५ बजेसम्मको समय दिएर साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र्कासूची बनाएको बताए ।

“यति हुँदासम्म ६० प्रतिशत सर्वसम्मत हुन्छ भन्ने हाम्रो प्रक्षेपण छ,” चिलवालले भने, “तर सर्वसम्मत नभएमा आइतबार ९ बजे देखि १ बजेसम्म मतदान हुने छ । त्यसपछि गणना सकेर त्यही दिन घोषणा गर्छौं ।”

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment