1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २१ सनिबार

झापामा पिकअपको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु



झापा –

झापामा पिकअप गाडीको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका– ३ ईश्वरपुर घर भई हाल झापा कमल गाउँपालिका– ५ बस्ने लोहरा कापरीको ४ वर्षीय छोरा मानव कापरीको रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल– ५ स्थित निर्माणाधीन आदिवासी रङशाला अगाडी पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा बालक कापरीलाई शुक्रबार ठक्कर दिएको थियो ।

पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले बताए । यता घटना पश्चात् इलाका प्रहरी कार्यालय दमकको टोलीले गाडी र गाडी चालक मकवानपुर हेटौडा नगरपालिका– ११ बस्ने २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पु¥याएको प्रहरीले जनाएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment