1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ भदौ ६ शुकर्बार

बिरिङ खोलामा ३ वर्षीय छोरासहित आमाको शव फेला



झापा-

कनकाई नगरपालिका स्थित बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा मृत भेटिनेमा ३८ वर्षीया उमा विक र ३ वर्षीय शिशिर विक रहेका छन् । मोरङ सुनबर्शी नगरपालिका बस्ने स्वर्गीय दिलिप लोहारको श्रीमति उमा कनकाई – ८ मा माईती घर बस्दै आएकी थिइन् । उनी शनिवार राती माइती घरबाट नावालक छोरा बोकेर हिडेकी थिइन् । यस्तै, छोराको शव दिउँसो कनकाई ६ स्थित विरिङ खोलाको बगरमा घोप्टो परेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । उमाको शवलाई पोष्टमार्टमका लागि मेची अस्पताल पठाइएको छ भने छोराको शव सुरक्षित राखिएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment