1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असार १३ बुधबार

झापामा डकैती गर्न खोज्ने ४ जना पक्राउ



झापा-

प्रहरीले कृष्ण जन्माष्टमीको राति डकैती गर्न आएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ९ स्थित प्रणामी टोलका अशोक तिम्सिनाको घरमा श्रीमती र नावालक छोरामात्र भएको अवस्थामा झ्यालको रड बंग्याएर डकैत गर्न खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । तिम्सिनाको घरमा २ जना डाकाको रुपमा प्रवेश गर्न खोज्ने र २ जना प्रहरीको पोशाकमा आएका चारैजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर १४ का २७ वर्षिय कृष्ण बिर्जा, सोही ठाउँका १९ वर्षिय शैलेश राजवंशी, २० वर्षिय बिष्णु भण्डारी र १९ वर्षिय कमल बि.क. रहेका छन् । ।कृष्ण जन्माष्टमीको राति ११ः३० बजे घरमुली तिम्सिना करिब २ किलोमिटर टाढा रहेको मन्दिरमा पूजापाठ गर्न गएको मौका छोपी डाकाहरुले घरमा भएको झ्यालको रड बंग्याउन थालेका थिए । पहिला २ जना आएर रड बंग्याउन खोजेको देखेर तिम्सिनाकी श्रीमतीले प्रहरीलाई खबर गरेजस्तै गर्दा प्रहरीको पोशाकमा थप २ जना हातमा खुकुरी बोकेर आएको प्रहरीले जनाएको छ । तिम्सिना आएपछि श्रीमतीले सबै विवरण सुनाएपछि स्थानीय मिलेर खोजतलास गर्दा उनीहरूलाई कृष्ण मन्दिर नजिक फेला परेका थिए ।

स्थानीयले उनीहरुलाई सोधपुछ गर्दा ‘हामी प्रहरी हौँ, २ जनाले डकैती गर्दैगर्दा पक्राउ गरी प्रहरी चौकी लगेको’ बताएका थिए । तर, केही स्थानीयले उनीहरु प्रहरी नभएको चिनेपछि त्यहाँबाट फरार भएका थिए । घटनाबारे सम्पूर्ण विवरण जानकारी गराएपछि फरार रहेका उनीहरुलाई भदौ १८ गते पक्राउ गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट नेपाल प्रहरीको टाटे पाङग्रे कम्ब्याट ड्रेस १ जोर, सादा चुस्ता ड्रेस एक जोर, कालो रङको छालाको बुट एक जोर र खुकुरी बरामद भएको छ । पक्राउ परेका चारैजनामाथि झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताईएको छ।

 

Comment