अच्युत सुबेदी, झापा
झापाको बिर्तामोड नगरपालिका ७ मा रहेको सुन्दर निचाझोडा वन उपभोक्ता समूहको निर्वाचन तोकिएको मितिमा नभएको भन्दै नेकपा एमाले वार्ड कमिटीले ध्यानाकर्षण गराएको छ । तोकिएको मितिमा निर्वाचन नभएको र पूनः निर्वाचनको मिति ४ महिना बितिसक्दा पनि पूरानै पद्वतिबाट चूनाव गराउन खोजेको भन्दै पार्टीले निर्वाचन समितिलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
४ महिना अगाडीनै सुरु भएको निर्वाचनको प्रकृया बिचमा कोरोना भाइरसको त्रासका कारण रोकिएको थियो । हाल सम्मका कामलाई बिचको समयले प्रभाव पार्न सक्ने भन्दै शुरुबाटै काम सुरु गर्न एमालेले ध्यानाकर्षण गराएको वार्ड पार्टी इन्चार्ज अविरल कृष्ण खरेलले जानकारी गराउनुभयो । साथै निर्वाचन चाँडो गराएर वनलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “बिचको ४ महिनाको अवधिमा उमेद्वारहरुले उमेद्वारी फिर्ता लिन चाहेको र नयाँ आकांक्षी थपिएका कारण पनि चूनावी प्रक्रिया लाई सुरुबाट लानुपर्ने हाम्रो माग हो ।” ध्यानाकर्षण गराउँदै खरेलले एमाले बिनाको चुनाव आपूmहरुलाई मान्य नहुने भन्दै यदि त्यसो गर्न खोजिए कडा प्रतिबाद गर्ने चेतावनी दिनुभयो ।
पत्र बुझ्दै निर्वाचन समिती संयोजक डा. राजेन्द्र अधिकारीले आपूmहरु यो बिषयमा सकारात्मक रहेको र यसलाई गम्भिरता पूर्वक लिएको बताउनुभएको छ । सके सम्म सबै राजनितिक दलसँग सहमती गरेर यो बिषयलाई टुङ्गोमा पूर्याउन समेत सुझाउनुभएको छ । डा. अधिकारीले सबै राजनितिक दलका प्रतिनिधीसँग बसेर यो बिषयमा छलफल गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोड ७ का पार्टी अध्यक्ष केशव कार्की, यूवा संघ बिर्तामोड नगर कमिटी उपाध्यक्ष बद्री प्याकुरेल लगायत पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।
ध्यानाकर्षण पत्रको पूर्ण पाठ,
” सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्य समितिको निर्वाचनको मिति २०७८ साल बैशाख २५ गतेका लागि तोकिएकोमा उक्त मितिमा निर्वाचन हुन नसके पछि ४ महिना पश्चात पहिलेकै निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन हुन वान्छनीय नहुने भएकोले निर्वाचनको नयाँ कार्यक्रम प्रकाशित गरी चाँडो भन्दा चाँडो नयाँ कार्य समितिलाई वन समूह हस्तान्तरण गर्ने वातावरण बनाउन नेकपा एमाले जोडदार माग गर्दछ ।
निर्वाचन समितिले नयाँ कार्यक्रम प्रकाशित नगरी निर्वाचनको मिति मात्र तोकेमा अहिलेको नयाँ परिस्थितिमा वन समुहका उपभोक्ताहरु निर्वाचनमा उमेद्वार हुनबाट वन्चित हुने अवस्था सिर्जना हुने र उपभोक्ताहरुको अधिकार हनन् हुने भएकाले त्यसो नहोस भन्ने बिषयमा हाम्रो पार्टी पूर्णरुपमा सचेत र जिम्मेवार भएको नाताले यो ज्ञापनपत्र पेश गरिएको छ ।
हाम्रो मागलाई निर्वाचन समितिले जिम्मेवार रुपमा ग्रहण गरेर निर्वाचनको नयाँ कार्यक्रम प्रकाशन गरी २०७८ आश्विनको पहिलो साता भित्रै निर्वाचन सम्पन्न गर्नेछ भन्ने पूर्ण बिश्वाश लिएका छौँ । हाम्रो मागलाई बेवास्ता गरी निर्वाचनको नयाँ कार्यक्रम प्रकाशित गर्ने बिषयमा निर्वाचन समिति गैरजिम्मेवार नबनोस् भन्ने हाम्रो पार्टीको जोडदार माग रहेको छ ।
यदि निर्वाचनको सम्पूर्ण नयाँ कार्यक्रम प्रकाशित नगरी आंशिक रुपमा पुरानो (२०७८ बैशाख २५ अघि) र आंशिक नयाँ कार्यक्रमको संयोजन गरिएमा हाम्रो पार्टी उक्त बिषयमा सहमत हुन नसक्ने समेत यसै ज्ञापनपत्र मार्फत जानकारी गराउदछौँ । ”
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१