अच्युत सुबेदी, झापा –
नेपाली काँग्रेसको झापा क्षेत्र नं. १ को प्रदेश ‘ख’ को क्षेत्रिय सभापतिका लागि युवा नेता बिष्णुप्रसाद रिमालले उम्मेद्वारी घोषणा गरेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनका लागि आफ्नो उमेद्वारी रहेको उनले बताएका छन् । नयाँ पुस्ता पनि राजनितिमा सहभागी हुनुपर्छ भन्ने मान्यताका साथ उमेद्वारी घोषणा गरेको बताउँदै रिमालले नयाँ पिडि र नयाँ संरचना आजको आवश्यकता रहेको बताएका छन् ।
अबको नेतृत्व जनभावना बुझ्ने र बिश्वमा सुहाउँदो खाल्को हुनुपर्ने बताउँदै रिमालले देशको समृद्वि र भौतिक बिकासमा सधैँ आफ्नो खबरदारी रहने बताए ।
उनले झापा खबरसँग भने, “अब युवाहरुलाई पनि नेतृत्वमा पालो दिन आश्यक रहेको छ । ४० देखि ६० वर्ष उमेर समुहको युवा पूस्ता क्रियासिल सदस्यमा बढि रहेको छ र त्यो भन्दा कम २५ देखि ४० वर्ष उमेर समूहको युवा पूस्ता पनि पार्टीमा आइराखेको छ । जसले पनि यूवा पूस्तालाई समेट्न खोजेको छ ।”
उनले आफ्नो उमेद्वारीलाई सार्थक बनाउन वा आपूmलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।