1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २१ सनिबार

दाबी भूक्तानीमा चाँडो सेवा दिँदै आइ.एम.ई लाईफ इन्स्योरेन्स



अच्युत सुबेदी, झापा –  
बिमा कम्पनिले पैसा लिन मात्र ताकेता गर्छ तर, भूक्तानीमा सधै आलटाल मात्र गर्छ भन्ने भनाइलाई आइ.एम.इ. लाइफ इन्स्योरेन्सले गलत साबित गर्दै आएको छ । यस अघि पनि एक हप्ता भित्रमा दाबी भूक्तानी गर्दै आएको यो कम्पनिले पछिल्लो समय त्यो भन्दा कम समयमै भूक्तानी गरिरहेको छ ।

कम्पनिले मृत्यु दाबी भूक्तानि अन्तरगत १० लाख १३ हजारको चेक ४ दिनको अवधिमै सोमबार हस्तान्तरण गरेको छ । १० लाखको बिमा गरेका झापा बुद्वशान्ती ५ का महेन्द्र पौडेलको मृत्यु दाबी भूक्तानी अन्तरगतको चेक ४ दिनमै हस्तान्तरण गरेको हो ।

पौडेलले २०७७ साल असोज २१ गते पहिलो किस्ता (रु ७६,४७९) तिरेर बिमा गरेका थिए । उनको २०७८ साल साउन ५ गते कोरोनाका कारण बी. एण्ड सी. अस्पतालमा उपचारको क्रममा दुखद निधन भएको थियो । मृत्यु पुष्टि गराउने सम्पूर्ण कागज पत्र १७ गते प्राप्त गरेको कम्पनिले १८ गते नै चेक तयार गरेर २१ गते मृतककी श्रीमती लिलामाया सापकोटा पौडेललाई चेक मार्पmत रकम भूक्तानि गरेको भद्रपुर शाखाका शाखा प्रमुख केशवकुमार पौडेलले जानकारी दिए ।

चेक हस्तान्तरण गर्दै आइ.एम.इ. लाइफ इन्स्योरेन्स कम्पनिका एक नम्बर प्रदेशका प्रमुख मिलन दाहालले कम्पनिले ल्याएका प्रबिधिका कारण आगामी दिनमा घरमै बसि–बसि बिमाको सुबिधा पाउने उल्लेख गरे । उनले हाल सम्म कम्पनिले कसैलाई पनि दाबी भूक्तानि दिन बाँकी नरहेको र अबका दिनमा पनि बिमितलाई दुःख नदिइ भूक्तानि गउरने प्रस्ट पारे ।

कार्यक्रममा बुद्वशान्ति गाउँपालिका ५ का अध्यक्ष बासुदेब खतिवडा, ६ का अध्यक्ष शम्भू पौडेल, आइ.एम.इ. लाइफ इन्स्योरेन्स बिर्तामोड शाखा प्रमुख महेन्द्र तिम्सिना, चिफ एजेन्सि म्यानेजर हरिकुमार खनाल, याम कुमार राई, नगेन्द्र कुमार श्रेष्ठ, सिनियर एजेन्सि म्यानेजर गंगाराम गड्तौला, हरिकुमार पूरी, गोपाल गौतम, नारायण प्रसाद पाख्रेल, कर्णली एजुकेसन फाउण्डेसनका संस्थापक छत्रबहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment