1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

मोरङबाट गाँजासहित ३ जना पक्राउ



झापा-

लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई हिजो बेलुका ५ बजे प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानु राज राई र धनकुटा शहीद भुमि गाऊपालिका ३ का २८ बर्षीय महेश्वर राई रहेका छन् । प्रहरी टोलीले उनीहरुलाई गाँजा १९ केजी ६५० ग्राम सहित पक्राउ गरेको हो ।

गाँजा बिक्रि बितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको सन्तोषको घरकोठाबाट ४ केजी ६५० ग्राम र ज्ञानुको घरकोठाबाट १५ केजी गाँजा बरामद गरे पछी पक्राउ परेका उनिहरुलाई अनुसन्धान गर्ने क्रममा सो गाँजा महेश्वरबाट खरिद गरेको भन्ने खुल्न आए सगै प्रहरीले महेश्वर समेत ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment