झापा-
झापामा एक जना प्रहरीको पोखरीमा डुवेर मृत्यु भएको छ । पोखरीमा नुहाउन पसेका प्रहरी जवान सरोज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कचनकवल–१ मा अवध राजवंशी सहित ८ जनाको लगानीमा निर्माण गरेको पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो । धनकुटा पाख्रीबास १४ घर भई प्रहरी चौकी पिन्डलबारीमा कार्यरत गिरी एरीया गस्ति गरी फर्कने क्रममा चौकी नजिकै रहेको पोखरीमा नुहाउन पसेका थिए । सोही पोखरीमा डुवेर उनको मृत्यु भएको छ ।
पोखरीमा डुबेपछि पिन्डलबारीबाट प्रहरी टोली खटिएको थियो । उद्धार लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले ११ः४५ बजे मृत अबस्थामा फेला पारेको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१