झापा-
झापाको बिर्तामोड-३ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । सोमबार राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनिबाट खिटएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।
पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाइ समेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१