1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

झापा हिरा प्रदेश मन्त्रीमा नियुक्त



झापा –

झापा क्षेत्र नं।४ बाट निर्वाचित प्रदेश सांसद् हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले नियुक्त गरेका हुन् । मन्त्री थापासँगै पाँच जनालाई नियुक्त गरिएको छ ।

झापा सुरुङा घर भएका थापा एमालेका पुराना नेता हुन् । विथार्धी आन्दोलनबाट आएका थापाको पुरानो घर गौरादह हो । उनी सो क्षेत्रबाट विस्थापित भएर सुरुङा सरेका हुन् । विश्वकर्माको छोरी विवाह गरेका थापा अन्तरजातीय विवाहका कारण विस्थापित हुनुपरेको थियो ।

एमालेको मजदुर क्षेत्रमा नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएका थापा मजदुर विशेष जिल्ला कमिटी झापामा पहिलो र अन्तिम प्रमुख भएर काम गरेका थिए । कम्युनिष्ट आन्दोलनको क्रममा भूमिगत भएका थापाले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका छन् । उनले सांसद्मा पनि पहिलो पटक जितेका हुन् ।

सामान्य जीवनशैली र एमालेको राजनीतिमा इमान्दार नेताका रुपमा स्थापित थापा आठौं महाधिवेशपछि मेची अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी अहिले एमालेको प्रदेश १ कमिटी सदस्य छन् । आठौं महाधिवेशसम्म झलनाथ खनाल, माधव नेपाल क्याम्पबाट राजनीति गर्दै आएका उनी नवौं महाधिवेशन पछि केपी ओलीको लाइनमा रहेर काम गरिरहेका छन् ।

ijalas.com बाट

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment