1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ११ बिहिबार

मध्यरातमा सामान लिन भारत जान खोज्दा एक महिलाको मेची नदीमा डुबेर मृत्यु



झापा 

मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ स्थित भट्टराई चोक डेरा गरी बस्ने पाण्डव राजवंशीको ३५ वर्षीया श्रीमती कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार आइतबार बिहान १ बजे मेचीनगर- ६ स्थित मेची डाँडा नजिकबाट भारत जान खोजेका कमललाई नदीले बगाएको थियो । उनीसँग अरू दुई महिला पनि गएका थिए । उनीहरूलाई नदीले बगाएन । घटना पश्चात् इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए ।

डुबेको स्थानदेखि १५ किलोमिटर दक्षिण भारतीय भूभाग अनन्तराम जोत भन्ने स्थानमा बिहान ८ बजेर ४० मिनेटमा उनको शव फेला परेको थियो । राजवंशी दम्पतीको साबिक घर पाठामारी गाविस हाल कचनकवल गाउँपालिका हो । ती महिला वारिपारि कारोबार गरी परिवार पाल्दै आएका थिए । यता उनको शवलाई भारतीय प्रहरीसँग समन्वय गरी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । महिलालाई नदीमा खोज्ने क्रममा एक प्रहरी कर्मचारी समेत घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ ।

Comment