झापा-
चारआली जेसीज वर्ष २०२१ को जेसीज महिना अन्तर्गत दोस्रो कार्यक्रम आज मेचिनगर नगरपालिका वडा नं ११ को स्वास्थ्य चौकिमा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम गरि सम्पन्न भएको छ । चारआली जेसिजको जेसिज मन्थ असोज ३ गतेबाट सुरु भएको हो । उक्त दिन संविधान दिवशको अवशरमा चारआली चोकमा दिप पज्वलन गरिएको थियो । चारआली जेसीजका निवर्तमान अध्यक्ष जेसि दिपेन्द्र निरौला ( विकास)को अध्यक्षतामा भएको वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथी मेचिनगर नगरपालिका वडा नं ११ का अध्यक्ष सन्तोष मेचे रहेका थिए ।
कार्यक्रममा चारआली जेसिजका पूर्व अध्यक्षहरु र बोडका पधादिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेचेले कार्यक्रमको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे । चाराली जेसिज वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेसि कुमार तामाङले शाब्दिक मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जेसि बिरु बेघाले गरेका थिए ।
असोज ३ गतेबाट सुरु भएको जेसिज मन्थ असोज २१ गते सम्पन्न हुने अध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । असोज असोज ९ गते मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीमा बृहत सरसफाई कार्यक्रम, असोज ११ गते मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा स्वागत बोर्ड स्थापना, असोज १३ गते माक्स वितरण कार्यक्रम, असोज १४ गते अनलाइन हाजिरीजवाफ प्रतियोगिता, असोज २१ गते चारआली जेसिजको स्थापना दिवसमा माधव संस्कृत विद्याश्रम मेचीनगर नगरपालिका वडा नं।१२ सहरेडाँगीमा सहयोग हस्तान्तरण कार्यक्रम र चारआली जेसिजको स्थापना दिवसको अवसरमा असोज २१ गते शुभकामना आदानप्रदान तथा जेसिज महिना समापन कार्यक्रम आयोजना गरिएको चारआली जेसिजका अध्यक्ष न्यौपानेले बताए ।