1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

युवती मृत फेला



झापा- 

भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक युवती मृत भेटिएकी छन् । फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भई फुङलिङ नगरपालिका–६ बिहीबारे बस्दै आएकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बू शुक्रबार बिहान मृत भेटिएकी हुन् ।

दूध पुर्‍याउन दोखुबाट सदरमुकाम फुङलिङ आउँदै गरेका स्थानीयले युवती भीरमा लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादवका अनुसार उनको शव फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरको फेदमा थियो । ‘करिब सय मिटरमाथि अग्लो पहरो भएको ठाउँबाट तल झरेको देखिएको छ,’ प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले भने, ‘उनको ज्याकेट पहरोमा अड्किएको र घटनास्थलमा मेटासिटको बोतल भेटिएको छ ।’

मेटासिटको गन्ध आएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले ज्याकेट र बोतल बरामद गरेको हो । झरेको ठाउँ कतै माडिएको अवस्थामा पनि भेटिएको प्रहरीले जनाएको छ । शरीरभरि चोटपटक रहेको उनी बिहीबार राति १२ बजेसम्म घरमै रहेको परिवारले बताएका छन् । दिदीहरूसँगै बस्दै आएकी उनको आत्महत्या हो या कर्तव्य भन्ने विषय अनुसन्धान भइरहेको यादव बताउँछन् ।

‘अब पोस्टमार्टम रिपोर्ट पनि आउँछ र हामी कल डिटेल पनि हेर्छौं,’ यादवले भने, ‘तीनरचार दिनमा विस्तृत विवरण प्राप्त हुन्छ ।’ उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment