1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १२ शुकर्बार

अर्जुनधारामा हेमराज र बाह्रदशीमा इन्द्र कांग्रेस सभापतिमा निर्वाचित



झापा-

नेपाली कांग्रेसको अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा नगर सभापति पदमा हेमराज खरेल विजयी हुनुभएको छ ।
उहाँ २७ मत अन्तरले विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी भिष्म मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो । अन्य पदाधिकारी र सदस्यको छिनोफानो आन्तरिक सहमतिमा भए पनि अर्जुनधारा नगर सभापति पदका लागि २ जनाले उम्मेद्वारी दिएका थिए ।

अर्जुनधारा ९ का भिष्म मिश्र र अर्जुनधारा ५ का हेमराज खरेलको उम्मेद्वारी परेको थियो । खरेल पार्टी नेता कृष्णप्रसाद सिटौला समुहका हुनुहुन्छ भने मिश्र पार्टी सभापति देउवा समुहमा रहनु भएको छ । अर्जुनधारामा २४८ मतमध्ये २४० मत खसेको थियो । खरेलले १३१ र मिश्रले १०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ५ मत बदर भएको पार्टीका नगर सहसचिव सञ्जीव पौडेलले जानकारी दिनुभयो ।

यसअघि नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुरभुज काफ्ले, सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाईं तथा सहसचिवद्वयमा सञ्जीव पौडेल (इशान) र निरज ढकाल निर्विरोध हुनु भएको थियो ।
यसैबीच,

नेपाली काँग्रेसको बाह्रदशी गाउँपालिका सभापतिमा इन्द्र बस्नेत निर्वाचित हुनु भएको छ । गाउँ सभापति पदका प्रत्यासी टंकप्रसाद शाहलाई ४३ मत अन्तरले पराजित गरी बस्नेत विजयी हुनु भएको हो ।  बस्नेतले १०१ मत ल्याउँदा शाहले ५८ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै उपसभापतिमा पंचानन राजवंशी ९८ र सुशीला निरौला ९३ मतसहित विजयी हुनु भएको छ ।

उहाँहरुका प्रतिद्वन्द्वी महताव आलमले ५३ र मोहनप्रसाद कार्कीले ६१ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा दिनेश थापा ९२ र टंकबहादुर कार्कीले ७५ मत ल्याइ विजयी हुनु भएको छ । उहाँहरुका प्रतिद्वन्द्वी कमल चम्लागाईले ७१ र बुधु राजवंशीले ६३ मत ल्याउनु भएको छ । त्यस्तै सहसचिवमा लख्खीराम किस्कुले १०९ र किसनलाल शाहले ७४ मत ल्याएर विजय हासिल गर्नुभयो । सोही पदका उम्मेद्वार गौरीशंकर पोद्धारले ५८ मत ल्याउनु भएको छ । बाह्रदशीमा इन्द्र बस्नेत कृष्णप्रसाद सिटौलाको समूहबाट उठ्नु भएको थिए भने टंकप्रसाद शाह शेरबहादुर देउवाको समूहबाट उठ्नु भएको थियो ।

Comment