झापा-
झापाको मेचीनगरमा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी आइतबार ३२ घर परिवारका करीव एकसयभन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सवै मेचीनगरको वडा नम्बर ७ का स्थायी वासिन्दा हुन् । यसले मेचीनगरको वडा नम्बर —७ मा माओवादी केन्द्रलाई निक्कै ठूलो धक्का पुगेको छ ।
गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडानम्बर —६ को वडाध्यक्षका उम्मेद्वार बनेका पुनलाल राजवंशीको नेतृत्वमा उनीहरु नेकपा एमाले प्रवेश गरेका हुन् । राजवंशी नेकपा माओवादी केन्द्का निक्कै लोकप्रिय नेता हुन् । आदिवासी समुदायमा नेता राजवंशी निक्कै चर्चित हुनुहुन्छ ।
पार्टीका लोकप्रिय र चर्चित आदिवासी नेता राजवंशीले नेकपा माओवादी केन्द्र परित्याग गरेका कारण मेचीनगरको ७ नम्बर वडामा पार्टीलाई ठूलो क्षति भएको स्वयम् माओवादी केन्द्रका नेताको भनाई छ । नेकपा एमालेको नगर पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरु प्रवेश गर्नुभएको हो । उहाँसहित नेकपा एमाले प्रवेश गरेका सवैलाई नेकपा एमाले पार्टी जिल्ला सचिवलाय सदस्य तथा १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकी, सचिवालय सदस्य एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला कमिटी सदस्य एवम् १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले अविर टिका र खादा पहिर्याएर पार्टी प्रवेश गराउनुभएको थियो ।
नगर कमिटी अध्यक्ष खेमराज ‐राजु) पोखरेलको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रमम पुनलाल राजवंशीसहित नरेश, शुक्रु, बृषलाल, ओसीलाल, गिरस, टीकराम ‐ठूलो) , सिवेला, विश्वनाथ, प्रकाश, पुष्पलाल, प्रकास ‐सानो) टिकाराम, लोलनी, शशी, कालीमान, कैलास, बृक्षलाल, तपन, गोकुल ‐ठूलो), प्रल्हाद, उसुनी, सुनिल, भूमिसुधार, गोकुल ‐सानो) हरिपद, हेदलु राजवंशीको परिवारको नेकपा एमाले प्रवेश गरेको हो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दैं नेताहरुले अहिले नेकपा एमालेमा अन्य पार्टीका धेरै नेता कार्यकर्ताको आर्कषण बढेको र दैनिक प्रवेश गरिरहेको बताएका थिए । अब एमाले हरेक मजदुर, किसान, जातजाति, वर्ग, समुदायको लोकप्रिय पार्टी भएकाले हरेक नेपाली नागरिकको दुःख सुखको साथी नै एमाले भएको बताए । केही दिनअघिमात्र १४ नम्बर वडामा नेपाली काँग्रेस र राप्रपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा एमाले प्रवेश गरेका थिए । नगर सचिव कृष्ण कनालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सवैलाई एमाले नेता भुपाल ओलीले स्वागत गर्नुभएको थियो ।