1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

नेपाल–भारत सीमा नजिक बेहोस भेटिएका युवकको मृत्यु



झापा-

नेपाल–भारत सीमानजिक विराटनगरमा बेहोस भेटिएका एक युवाको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१६ झमेली चोकमा बेहोस अवस्थामा भेटिएका युवालाई सोमबार राति इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि कोसी अस्पतालमा भर्ना गरेको थियो।

बेहोस भएर सडकमा लडिरहेको देखेपछि प्रहरीले राति ११ बजेतिर उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको हो। ती युवाको उपचारकै क्रममा बिहान ६:३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। युवाको गोजीमा नवीकरण मिति सकिएको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० फेला परेको छ। लाइसेन्समा नाम अमृतजंग बस्नेत र ठेगाना विराटनगर–९ उल्लेख छ। लाइसेन्स अनुसार उमेर २३ वर्ष हुन्छ।

प्रहरीका अनुसार उपचारपछि अवस्था केही सामान्य बनेका बेला ती युवाले आफू मोरङको सुन्दरहरैँचास्थित सलकपुरको बासिन्दा भएको बताएका थिए। यद्यपि मृतक युवाका बारेमा विस्तृतमा केही पनि जानकारी हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

उनका अनुसार मृतकको शव कोसी अस्पतालमै राखिएको छ। तर आफन्त र परिवारका कोही पनि सम्पर्कमा आएका छैनन्। ‘परिवारका सदस्य सम्पर्कबिहीन भएकाले पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गर्न पाइएको छैन,’ डीएसपी श्रेष्ठले भने, ‘आफन्तको खोजी जारी राखेर पहिचानको प्रयास भइरहेको छ।’

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट ती युवा लागुऔषधका सेवनकर्ता हुनसक्ने देखिएको छ। भारतको जोगवनीबाट अत्याधिक लागुऔषध सेवन गरेर फर्कंदा उनी बेहोस भएर ढलेको हुनसक्ने प्रहरीको अनुमान छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment