झापा-
मोरङका अलगअलग स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एकै घरका दाजुभाइ पक्राउ परेका छन्।
प्रहरीको विशेष टोलीले सुनसरीको धरान उपमहानगरपालिका-६ का २४ वर्षीय शौरभ आचार्य र उनकै भाइ शौगात आचार्यलाई मंगलबारसाँझ पक्राउ गरेको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेकाहरुको साथबाट १० ग्राम १ सय २० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। इलाका प्रहरी कार्यालय रानीले दाजुभाइविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट बुधबार म्याद थप गरेर घटनाका बारेमा बाँकी अनुसन्धान अघि बढाएको छ।
त्यस्तै विराटनगर-१५ बाट लागुऔषधसहित मोरङको सुन्दरहरैँचा नगरपालिका-३ का २३ वर्षीय अल्फन लिम्बू पक्राउ परेका छन्। एसपी राईका अनुसार भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेका लिम्बूलाई ४ एम्पुल लुपिजेसिक, ७ एम्पुल डाइजाल्याब, ९ एम्पुल एभिल र ६ एम्पुल फेनारगनसहित पक्राउ गरिएको हो। लिम्बूविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।
यसैबीच मोरङको सुनवर्षी नगरपालिका-८ विश्वकर्मा चोकबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन्। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटरमा सवार रतुवामाई नगरपालिका-९ का २१ वर्षीय गोविन्द थापा र स्कुटर चालक उर्लाबारी नगरपालिका–७ का २१ वर्षीय अनिल राय पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये थापाको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल ४ सय पिस फेला परेको एसपी राईले बताए। उनका अनुसार प्रतिबन्धित औषधि फेला परेपछि थापा र रायलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१