1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



झापा –

मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी-११ स्थित शिव चोकमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्ने क्रममा साइकल यात्रीलाई सोही दिशातर्फ जाँदै गरेको प्र-१-०१-०१२प७८१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा परी साइकल यात्री शिवसताक्षी-११ निवासी ५५ वर्षीय रामचन्द्र कटेललाई सामान्य चोट लागेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी-७ निवासी २५ वर्षीय सुवास भण्डारी सामान्य चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार भण्डारी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका भण्डारीको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार बिहान साढे ६ बजे मृत्यु भएको डिएसपी थापाले बताए। 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment