1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

देशभर राप्रपाको नेतृत्व आवस्यक छ : लिङ्देन



झापा-

राष्ट्रीय प्रजातन्त्र पार्टिका पुर्व महामन्त्री तथा मान्य सांसद राजेन्द्र लिङ्देनले देशमा हिन्दु राष्ट्र कायम हुनु पर्ने बताउनुभएको छ । झापाको बिर्तामोड नगरपालिका वार्ड नम्बर ७ र ८ को पार्टी वार्ड कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै लिङ्देनले अब देशभर राप्रपाको नेतृत्व आवस्यक रहेको बताउनुभयो ।

देशको अहिलेको समसामहिक अवस्थाले र राजनितिक खिचातानिले देश उभो नलाग्ने भन्दै लिङ्देनले राप्रपाले जितेका स्थानिय तहमा बिकासको फड्को मारेको त त्यसको उदाहरण बिर्तामोड ८ रहेको बताउनुभयो ।

राप्रपा बिर्तामोड ८ वार्ड कमिटी अध्यक्ष सन्तोश पाण्डेको अध्यक्षता तथा लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य भक्ती सिटौला, जिल्ला कार्य सममिती सदस्य केशब ओझा, जिल्ला निर्वाचन समिती सदस्य भवानी राजबंशी, जिल्ला कार्यसमिती सदस्य कुरुम राई, उत्पिडन संघ झापाका गोपाल गजमेर, क्षेत्रीय अध्यक्ष दिपक मास्के, नेता तथा वार्ड नम्बर ८ का अध्यक्ष अजय कार्की लगायतको उपस्थिती रहेको थियो । लिङ्देनले पार्टिको सात र आठको पार्टी कार्यालय उद्घाटन गर्नुभएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment