अच्युत सुबेदी, झापा –
दशैं तथा दुर्गा पूजाको अवसरमा झापाका विभिन्न मन्दिर तथा शक्तिपीठमा नवदुर्गाको पूजाआराधना गर्नेहरुको भिड लागेको छ । सप्तमी देखि नहमीसम्म झापाका विभिन्न देवालयमा पूजाआजा तथा विभिन्न खसीबोकाको बलि दिएर मनाएका छन् । नहमीमा मात्र हैन दशमिको दिन पनि झापाका मन्दिर तथा शक्तिपीठमा नवदुर्गाको पूजाआराधना गर्नेहरुको भिड लाग्ने गरेको छ ।
यसवर्ष कोरोना निक्कै कम भएकाले विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको हो । झापाको गरामनीमा रहेको प्रशिद्व शक्तिपिठ तथा दुर्गा मन्दिर पनि प्रमुख हो । यो मन्दिरमा परापूर्वकाल देखि बलि तथा पूजापाठ हुँदै आएको छ । मागेको कुरा पुग्ने शक्तिपिठका रुपमा भक्तजनहरु यहाँ पूजा गर्न आउने गरेका छन् ।
गरामनी शक्तिपिठ पूजाकालागि व्यवस्थित गरिएको थियो । भिडभाड व्यवस्थित गर्न स्वयमसेवक परिचालित थिए । दक्षिण पट्टिको गेटबाट दर्शनार्थीलाई प्रवेश दिइएको थियो भने पूर्वपट्टिको गेटबाट बाहिर जाने र अशक्त, बृद्व बृद्वालाई प्रवेश दिइएको थियो । त्यस्तै पश्चिम पट्टिको गेटबाट पशु बलिका लागि भक्तजनलाई प्रवेश दिइएको शक्तिपिठ गरामनीका मूल अर्च पं.मोहन घिमिरेले जानकारी दिनुभयो ।
यस अघिका २ वर्ष यहाँ कोरोना महामारीका कारण मन्दिरमा पूजापाठलाई सिमित बनाइएको थियो । तर, यस वर्ष झापामा कोरोना संक्रमण केहि कम देखिएकाले स्थानिय प्रशासनले सुरक्षित रुपमा पूजापाठ गर्न छुट दिएको छ । जसका कारण पनि भक्तजनको भिडभाड देखिएको छ । लाइनमा लागेका भक्तजनहरु पूज ागर्ने पालो कुरिरहेको दृष्य देखिएपनि स्वास्थ्य सुरक्षाको मापदण्डमा भने कमजोर नै दखिएको थियो । त्यस्तै यहाँ एकादशिको दिन लाग्ने मेला पनि बाहिरबाट आउने व्यापारी भन्दा स्थानियलाई प्राथमिकता दिएर लगाउने योजना बजार व्यवस्थापन समितीका अध्यक्ष किशोर भट्टराईले जानकारी दिनुभयो ।
कोरोना भाइरस झापामा पछिल्लो समय कम देखिए पनि पूर्ण रुपमा निर्मूल नभएका कारण स्वास्थ्य सावधानी अपनाउनु पर्ने अवस्था रहेको छ । जसका लागि सम्पूर्ण महानुभावले दशैको बेला अलिक बढिनै ख्याल गर्नुपर्ने अवस्था रहेको छ ।