1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २३ सोमबार

झापाका विश्वासलाई ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि



झापा-

‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापाका विश्वास राईले जितेका छन् । उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन्। पब्लिक भोटिङका आधारमा सोमबार विजेता घोषणा गरिएको आयोजक संस्था पार्टी नेपालले जनाएको छ ।

फाइनलमा पुगेका तीन प्रतिस्पर्धीमध्ये विश्वासले २५ हजार ७ सय ६६, रामेछापका प्रज्वल थापा मगरले २ हजार ८ सय ७४ र ललितपुरका आषुतोश वाराहीले २ हजार २ सय ५८ मत प्राप्त गरेका छन् । उपविजेता प्रज्वलले नगद ५ लाख रुपैयाँसहित अन्तर्राष्ट्रिय भ्लगरसँग काम गर्ने अवसर पाएका छन् भने तृतीय आषुतोषले आकर्षक पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ८६ जनाले भाग लिएका थिए ।

यो नेपालमा हालसम्मकै ठूलो नगद पुरस्कार रहेको भ्लग च्यालेन्ज हो । पार्टी नेपालकी डिजिटल चिफ शिवानी प्रधानका अनुसार नेपालभरका भ्लगरलाई एकत्रित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्लगरसँग सहकार्य गर्ने अवसर जुटाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment