1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु, २ वेपत्ता



झापा-

अबिरल वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी सातजनाको ज्यान गएको छ । थप दुईजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण दजर्नौं परिवार विस्तापित भएका छन् । टेलीफोन सेवा अवरुद्ध भएका कारण थप क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका इनिस्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए ।

पहिरोमा परी फिदिम नगरपालिका ४ का ममता मगर र रोयन मगरको ज्यान गएको छ । कुम्मायकको माङ्जावुङकी ४० वर्षीया डम्बर कुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ वर्षीय धनबहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्वा तामाङको पहिरोले पुरिएर ज्यान गएको हो।

यस्तै मिक्लाजुङ गाउँपालिका ५ मा एक जना र फाल्गुनन्द गाउँपालिका ४ मा एकजनाको ज्यान गएको प्रहरी जनाएको छ । उनीहरुको सनाखत हुन  बाँकी छ  । मिक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुईजना बेपत्ता छन् । मेची राजमार्ग, मध्यपहाडी लोकमार्गलगायका सडक अरुद्ध छन्। विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment