काठमाडौं –विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।
यस्तै नेपालभन्दा पछि रहेकामध्ये भुटान र बंगलादेश भने स्थान सुधार गर्दै क्रमश: १८६ औं र १८७ औं स्थानमा उक्लेका छन् । फिफाको प्रतिवन्धमा रहेको पाकिस्तानको वरीयता पनि एक स्थान सुधार हुँदै १९७ औं स्थानमा छ । श्रीलंका एक स्थान सुधार गर्दै २०४ औं स्थानमा उक्लेको छ । विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ भने ब्राजिल दोस्रो स्थानमा कायमै छ । फ्रान्स र इटली एक स्थान सुधार गर्दै तेस्रो र चौथो स्थानमा उक्लेको छ । इंग्ल्याण्ड पाँचौं स्थानमा झरेको छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं र पोर्चुगल आठौं स्थानमा झरेको छ । मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा यथावत छन् । एसियाली राष्ट्रमा इरान २२ औं र जापान २८ औं स्थानमा छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१